काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले राजस्व सङ्कलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उहाँको भनाइ छ ।

अर्थमन्त्री शर्माले आफु अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको बताउनुभयो । छिट्टै स्वेतपत्र ल्याउने र त्यसमार्फत आफ्नो आगामी लक्ष्यबारे विस्तृतमा जानकारी गराउने उहाँको तयारी छ ।

अहिले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । अर्थमन्त्रीको आगामी लक्ष्य र मौद्रिक नीतिको पर्खाइमा समेत लगानीकर्ता छन् । अर्थ मन्त्रालयका अनुसार पुँजीबजारबाट गत आ.व.मा मात्र १४ अर्ब राजस्व सङ्कलन भएको छ ।