कोलम्बो– सार्क सदस्य राष्ट्र श्रीलङ्कामा ३० वर्षमाथिका ३६ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । श्रीलङ्काकोे स्वास्थ्य प्रवद्र्धन विभागले कम्तिमा एउटा खोप लगाएको विवरण सार्वजनिक गरेको हो ।

विभागले कोरोनाभाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोमा भने ७० प्रतिशत जनतालाई कम्तिमा खोपको एकमात्रा लगाइसकेको र ती मध्ये २५ प्रतिशतले खोपको दुवै मात्रा लगाइ सकेको जनाएको छ । ‘देशको पश्चिमी प्रान्तको गाम्पाहा जिल्लामा ६६ प्रतिशतले कम्तिमा खोपको एउटा डोज लगाएका छन् भने ती मध्ये २१ प्रतिशतले दुवै खोप लगाएको’ स्वास्थ्य अधिकारीहरुले भने ।

श्रीलङ्काली राष्ट्रपति गोटावाय राजापाक्षले देशमा बस्ने र खोप लगाउन मिल्ने सबैलाई खोप लगाउने अभियान चलाइएको बताउनु भएको छ । आगामी सेप्टेम्बर अगाडिसम्ममा खोप लगाउन योग्य सबैलाई खोप लगाइसक्ने योजना बनाइएको र त्यसका लागि विशेष संयन्त्र समेत परिचालन गरिएको राष्ट्रपति राजापक्षको भनाइ छ ।