काठमाडौं – निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले आफ्ना सेयर धनीहरुलाई ० दशमलव ८२ प्रतिशत नगद लाभांशसहित १५ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बसेको कम्पनीको २५ औं वार्षिक साधारणसभा (रजत वर्ष) ले उक्त प्रस्ताव पारित गरेको हो ।

भर्चुअल माध्यमबाट सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७६÷७७ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयर धनीहरुलाई १५ दशमलव ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ० दशमलव ८२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साधारणसभामा सेयरधनीहरूले भर्चुअल माध्यमबाट आफ्ना जिज्ञासा, सुझाव तथा मन्तव्य राखेका थिए भने सभाले आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षक नियुक्ति गर्नुका साथै बोनस सेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।