स्पेन– विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सी पुनः बार्सिलोनामा रहने पक्का भएको छ । अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनाका पयार्य नै हुन् भन्दा फरक नपर्ला । बार्सिलोना भनेको मेस्सी र मेस्सी भनेकै बार्सिलोना हो भन्ने छाप छोड्न सफल छन् मेस्सी । त्यसैले मेस्सीलाई बार्साले उनलाई त्यही राख्न सफल भएको छ । स्पेनी क्लब बार्सिलोनाका नयाँ अध्यक्ष योहान लापोर्ताले मेस्सीलाई आफ्नो क्लबमा राख्ने सपना पुरा भएको छ । उनले अध्यक्षको चुनावमा मेस्सीलाई जान नदिने आफ्नो प्राथमिकत वाचा बनाएका थिए । नयाँ अध्यक्ष लापोर्ताको मेस्सीलाई राख्ने प्रयास सफल भएको छ ।

यो सिजनको अन्त्यसँगै सम्झौताबाट मुक्त भएका मेस्सी र बार्सिलोनाबिच नयाँ सम्झौतामा सहमति भएसँगै लापोर्ताको कठिन उद्देश्य पूरा भएको बनाएका छन् । नयाँ सम्झौता अनुसार मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहने छन् । गएको सिजन बार्सिलोना छोड्न चाहेर सम्झौतामा रहेको शर्तका कारण असफल भएका मेस्सीको नयाँ सम्झौता अनुसारको पारिश्रमिक विगतको भन्दा आधा छ । यद्यपि, बार्सिलोनासँगको उनको नयाँ सम्झौताको विस्तृत विवरण बाहिर आएको छैन ।

अहिले लियोनल मेस्सी आफ्नो राष्ट्रको लागि आफ्नो फुटबल करियरको अन्तर्राष्ट्रिय उपाधी दिलाउन सफल भएपछि उनको चर्चा पुनः हुन थालेको छ । मेस्सी कोपा अमेरिका फुटबलको उपाधी जित्दा खुसीको कुनै सीमा थिएन । त्यति खुसी देखिन्थे मेस्सी । अहिले उनी त्यही खुसीका साथ बिदामा रमिरहेका छन् ।