कर्णाली – कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन (बजेट तथा नीति कार्यक्रम) को अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले बुधबार राती अधिवेशन अन्त्य गरिएको सूचना निकालेको हो ।

सरकारले १ असारमा बजेट ल्याएको थियो । बजेटमाथि छलफल गर्न बस्ने गरेका प्रदेशसभाका १८ वटा बैठक एमालेले अवरुद्ध पारेपछि अधिवेशनको अन्त्य गरिएको छ । अधिवेशनको अन्त्य भएसँगै कर्णाली प्रदेशसभाको बजेट पनि अन्योलमा परेको छ । बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश वा पेश्की बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी छ ।