दक्षिण अप्रिका— दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएको विरोधमा हिंसा भड्किएको छ । विरोध हिंसामा परिणत हुँदा त्यहाँ ७२ जनाभन्दै धेरैले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उधृत गरेको छ । त्यहाँका पूर्व राष्ट्रपति जुमालाई कारागार लगिएको विरोधमा हिंसात्मक आन्दोलन भड्किएको हो ।

दक्षिण अफ्रिकाको विभिन्न ठाउँमा पूर्व राष्ट्रपति जुमाको समर्थन र त्यहाँको सरकारको विरोधमा आन्दोलन भएको छ । उक्त हिंसात्मकका आन्दोलनका बेला ठाउँ ठाउँमा लुटपाटका घटनाहरु भएका छन् । सोवेतोमा रहेको सपिङ सेन्टरमा लुटपाट र आतङ्कका कारण भागाभाग हुँदा कारण कम्तिमा १० जना सर्वसाधारण नागरिक मारिएको समाचारमा जनाइएको छ ।

सपिङ सेन्टरको भुइँतलाका पसलहरुमा लुटपाटसँगै आगजनी भएको र डुर्बानको एक घरको माथिल्लो तलबाट एकजना बच्चालाई समेत फालिँदै गरेको दृश्य देखिएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि, त्यसरी फालिएको बच्चालाई समातेर बँचाइएको समाचारमा जनाइएको छ । दक्षिण अफ्रिकामा बेलाबेलामा यस्ता हिंसा भड्किने गरेका छन् ।