काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक १६ दशमलव ३४ अङ्कले बढेर २ हजार ८७१ दशमलव ०३ विन्दुमा पुगेको छ । हिजो सोमबार एकै दिन अधिकतम ४५ दशमलव ०६ अङ्कले घटेर २ हजार ८५४ दशमलव ७७ विन्दुमा झरेको नेप्सेमा आज मङ्गलबार १६ अङ्कमाथिको स्तरोन्नती भएको हो ।

नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४ दशमलव ७४ अङ्कले बढेर ५३९ दशमलव ५१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक अधिकतम १६ दशमलव ३४ अङ्कले बढिरहँदा सेयर कारोबार भने साढे ५ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ ।

नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ हजार १३९ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको छ । यस दिन जीवन बीमा समूह बाहेक अन्य सबै समूहहरु धनात्मक भएका छन् ।