बगदाद– इराकको एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइ रहेका कोरोना भाइरसबाट सङ्क्रमित ४० जना व्यक्तिको मृत्युभएको छ । आगलागी सङ्क्रमितहरुको उपचार भैरहेको वार्डमा भएको हो । इराकको दक्षिणी शहर नासिरियास्थित अल–हुशैन अस्पतालको कोडिभ वार्डमा भएको आगलागी नियन्त्रण गर्न समय लागेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
उक्त वार्डमा के कसरी आगलागी भयो भन्ने कारण खुलाइएको छैन । तर प्रारम्भिक अनुसन्धानले अक्सिजन ट्याङ्कमा बिस्फोट भएर आगलागी भएको अनुमान गरेको छ ।


उद्धारकर्मीहरुले आगलागीमा परेकाहरुको उद्धार खोजी गर्ने काम जारी राखेको समाचारमा जनाइएको छ । कोभिड वार्डमा अझै पनि केही मानिसहरु फसेको हुन सक्ने आशङ्का गरिएको छ । आगलागी भएको वार्डमा ६० जनाको क्षमता रहेको समाचारमा जनाइएको छ ।