काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको मूल्य आज मङ्गलबार पुनः ९२ हजार ४ सय रुपैयाँमा उक्लिएको छ ।

आज तेजाबी सुनको मूल्य समेत हिजोको तुलनामा प्रतितोला २ सय रुपैयाँले नै बढेर ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने सोमबारको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३ सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।