काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार पछिल्लो २४ घण्टामा थप चार सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जनामा सङ्क्रमण पुष्टिभएको हो । यस्तैगरी आज देशभर पछिल्लो चौबीस घण्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने एक हजार एक सय ३३ जना व्यक्तिहरु सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।