रियो द जिनेरियो – अर्जेन्टिनाले चालु संस्करणको कोपा अमेरिकी फुलबलको उपाधी जित्न सफल भएको छ । विश्व फुटबलका स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लामो समयको खडेरी तोड्दै अन्तराष्ट्रिय उपाधी चुम्न सफल भएको छ ।
नेपाली समय अनुसार आज आइतबार बिहान पौने छ बजे सुरु भएको खेलमा आयोजक ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गरी २८ वर्षसम्मको पूर्ण बिरामलाई तोड्दै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय उपाधी जित्न सफल भएको छ । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।


अर्जेन्टिनाको जितमा २२ औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल गरेका थिए । डी पलले दिएको पासमा भएको यो गोल नै अजेन्टिनाको लागि उपाधी जित्न पर्याप्त भयो । यो समयका सर्वोत्कृष्ट खेलाडीका रुपमा लिइने मेस्सीले राष्ट्रिय टिमबाट पहिलोपटक प्रमुख उपाधि जितेका हुन् । अजेन्टिनालाई उपाधी जिताउन लियोनल मेस्सीको मूख्य भूमिका रहेको छ । मेस्सी यो उपाधी जितेपछि अत्यन्तै खुसी देखिन्थे । ३४ वर्षीय मेस्सीको राष्ट्रलाई अन्तर्राष्ट्रिय उपाधी दिलाउने लामो सपना अहिले पुरा भएको छ । मेस्सीले क्लब र व्यक्तिगत तहमा हाँसिल गर्न पर्ने सबै सफलता पाए पनि लामो पर्खाई र प्रयासपछि राष्ट्रिय टिमलाई उपाधी दिलाउने सपना पनि पुरा गरेका छन् । साबिक विजेता ब्राजिललाई उसकै मैदानमा १–० गोलले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकी फुलबलको च्याम्पियन बनेको हो ।

सन् १९९३ पछि पहिलोपटक अर्जेन्टिनाले उपाधि उचालेको हो । यो जितसँगै अर्जेन्टिनाले १५ पटक कोपा अमेरिका फुटबलको उपाधी जितेको छ । सर्वाधिक उपाधी जिजेको उरुग्वेको कीर्तिमानमा अर्जेन्टिनाले बराबरी समेत गरेको छ । निकै प्रतिस्पर्धात्मक आजको फाइनलमा ब्राजिलले पाएकोको अबसरलाई सदुपयोग गर्न सकेन । दुवै टिमबाट आक्रामक खेल प्रदर्शन गरेका थिए । अजेन्टिनाले यस अघिका खेलमा भन्दा आजको खेलमा आफुलाई अब्बल खेल प्रदर्शन गर्न सक्षम छ भन्ने पनि देखाएको थियो ।