काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ३ सय १३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४ सय ७९ जना सङ्क्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३ सय ४० जनाले ज्यान गुमाइसकेका छन् । यही अवधिमा थप १ हजार ३ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९ सय २९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

हाल २३ हजार ९ सय २० जना होम आइसोलेसनमा, २ हजार ६ सय ७० जना संस्थागत आइसोलेसनमा, ५ सय ३९ जना आईसीयूमा र १ सय ६६ जना भेन्टिलेटरमा रहेका छन् । हाल ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, झापा, मोरङ, सुनसरी, र कास्की रहेका छन् ।