काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढ्दै ९२ हजार ४ सय रुपैयाँ पुगेको छ केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार थप १ सय रुपैयाँले बढेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजाबी सुनको मूल्य समेत १ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३ सय ५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।