सोल — दक्षिण कोरियामा अहिलेसम्मकै आजसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पुष्टि भएको छ । गएको २४ घण्टायता एकै दिनमा यसरी सङ्क्रमित हुने सङ्ख्या अहिलेसम्मकै उच्च रहेको समाचारमा जनाइएको छ । प्राप्त समाचार अनुसार पछिल्लो २४ घण्टामा १ हजार २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसङ्ख्या सँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकोे सङ्ख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । पछिल्ला केही हप्ता यतादेखि त्यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएको त्यहाँका अधिकारीहरुले बताएका छन् । बुधबार मात्रै १ हजार २१२ जनामा सङ्क्रमण पुष्टि भएकोमा बिहीबार १ हजार २७५ जनामा सङ्क्रमण पुष्टि हो । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बताए अनुसार त्यहाँ कोरोना भाइरसको सङ्क्रमयाको चौथो चरण शुरु भएको जनाएका छन् ।

दक्षिण कोरिायमा केही हप्ताअघिसम्म सात सयभन्दा कम दैनिक सङ्क्रमित भेटिने गरेकोमा पछिल्ला समयमा दैनिक रपमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित भेटिन थालेको समाचारमा जनाइएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको सङ्ख्याको विश्लेषण गर्दा अघिल्ला तीन हप्ताको तुलनामा पछिल्लो समय करिब ५३ प्रतिशतले बढी भएको जनइएको छ । दैनिक रुपमा बृद्धी भएको सङ्ख्याको आधारमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले औपचारिक रुपमा नै कोरोना महामारीले चौंथो चरणमा प्रवेश गरेको बताएका छन् ।

राजधानी सोलमा बिहीबार एकैदिनमा छ सयजनाभन्दा धेरै मानिसहरुमा सङ्क्रमण पुष्टिभएको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा कोराना भाइरस विरुद्धको खोप लगाउने अभियानलाई तिव्रता बनाइएको छ । दक्षिण कोरियामा कोरोना सङ्क्रमणको कारण मृत्युहुनेको सङ्ख्या निकै कम रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
फाइल तस्बिर