युरोकप फुटबलमा नयाँ इतिहास रच्द इङ्ल्याण्ड चालु संस्करणको फाइनलमा पुगेको छ । युरोकप फुटबलको इतिहासमा इङ्ल्याण्ड फाइनलमा पुगेको यो पहिलो हो । उसले डेनमार्कलाई २–१ गोलले गराउँदै फाइनल यात्रा तय गरेको छ । इङ्ल्याण्डका लागि कप्तान हेरि केनले अतिरिक्त समयमा गोल गर्दै आफ्नो टिमलाई अन्तिम दुईमा पुर्याउन सफल भएका हुन् । आज बिहान भएको खेलमा डेनमार्कलाई स्तब्ध बनाउँदै इङ्ल्याण्डले इटालीसँगको फाइनल यात्रा पक्का गरेको छ ।

खेलको १०४ औं मिनेटमा प्राप्त पेनाल्टीमा कप्तान केनले विपक्षी टिमको जालि चुमाए पछि इङ्ल्याण्डको जित सुनिश्चित बनेको हो । कप्तान केनले प्रहार गरेको बललाई डेनमार्कका गोलकिपरले रोकेर रिबाउन्ड भए पनि केनले त्यसलाई गोलमा परिणत गर्न भ्याएका थिए । रहिम स्टर्लिङलाई डीबक्सभित्र फल भएपछि इङ्ल्यान्डले पेनाल्टी प्रहारको अवसर पाएको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिक्ति समयमा धकिन पुग्यो । खेलको ३० औं मिनेटमा मिक्केल डाम्सगार्डको शानदार फ्रिकिक गोलमा डेनमार्कले अग्रता लिएको थियो । तर त्यसको नौं मिनेट पछिनै डेनमार्कको आत्मघाती गोलको उपहार दिएर इङ्ल्याण्डलाई खेलमा फर्कायो । दुवै टिमको १–१ गोलको बराबरी भयो ।

इङ्ल्यान्डका बुकायो साकाको क्रसलाई गोल लाइन नजिकैबाट क्लियर गर्न खोज्दा डेनमार्कका कप्तान सिमोन कियारबाट आत्मघाती गोल हुन पुगेको थियो । सन् १९६६ को विश्वकपमा फाइनल पुगेकामा त्यतिबेला उपाधि पनि जितेको थियो इङ्ल्याण्ड त्यसयता खेलमा आफ्नो पकड जमाउन नसक्दा इङ्ल्यान्ड मुख्य प्रतियोगितामा ५५ वर्षपछि बल्ल फाइनल पुग्न सफल भयो । त्यो पनि भाग्यले साथ दिएर । यो ऐतिहासिक कालखण्ड पार गर्दै इङ्ल्याण्ड यस पटक फाइनलमा प्रवेश गर्दै इटलीसँग भिड्दै छ । इङ्ल्यान्डले अब उपाधिका लागि जुलाई १२ तारिखका दिन इटालीसँग खेल्ने छ ।