काठमाडौं – सेयर बजार परिसूचक नेप्से लगातारको गिरावटसँगै बुधबार २ हजार ८ सयको विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक थप १६ दशमलव ९७ अङ्कले घटेर २ हजार ८ सय १ दशमलव १३ विन्दुमा झरेको हो ।

गत मङ्गलबार नेप्से परिसूचक ५ दशमलव २४ अङ्कले घटेर २ हजार ८ सय १८ दशमलव १० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १ दशमलव ५० अङ्कले घटेर ५ सय २५ दशमलव २४ विन्दुमा झरेको छ ।

यस दिन विकास बैंक र माइक्रोफाइनान्स दुई समूह चम्किदा अन्य प्रायः सबै जसो समूहहरु गुमाएका छन् । आज कुल २२२ कम्पनीका एक करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता सेयर ४६ हजार १ सय ८३ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ०७६ रुपैयाँको कारोबार भएको छ ।