रियो द जिनेरियोः अर्जेन्टिनाले टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पार्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा अब ब्राजिलसँग अजेन्टिना भिड्ने छ । आज बुधबार बिहान नेपाली समय अनुसार पौने साता भएको भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
खेल सुरु भएको पहिलो सात मिनेटमा मेस्सीको पासमा लाउतारो मार्तिनेजले सुन्दर ठङ्गले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाले खेलको ९० मिनेट अवधिभर थप गोल गर्ने प्रयास गरेपछि सफल हुन भने सकेको थिएन । युवा खेलाडीले आच्छु आच्छु पारेको यो सेमिफाइनलमा कोलम्बियाका लागि ६१ औं मिनेटमा लुइस डिआजले गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काएका थिए । कोलम्बियाले पनि गोल गर्ने राम्रा अवसर खेल फालेको थियो ।
निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा खेल सकिए पछि अतिरिक्त समय थप नगरि उक्त खेलको जित हार छुट्याउन पेनाल्टी सुटआउटमा पुग्यो । अर्जेन्टिनालाई दबाबमा राख्न सफल भएको कोलम्बिया पेनाल्टीमा गोल गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिन पुग्यो । अर्जेन्टिनालाई जिताउन गोलरक्षकले विपक्षी टिमको तीन पेनाल्टी उत्कृष्ट ढङ्गले बचाउँदै आफ्नो टिमलाई उपाधिका लागि फाइनलमा पुर्याए । उनी आजको सेमिफानलका हिरो सावित भए ।
विश्व फुटबलमा एकछत्र राज जमाएका लियोनल मेस्सीले अहिलेसम्म आफ्नो देशको लागि एउटा पनि उपाधि दिलाउन सकेका छैनन् । अबको फाइनलमा मेस्सीलाई राष्ट्रिय टिमबाट उपाधि जित्ने मौका प्राप्त भएको छ । ब्राजिलसँगलाई हराउन सके अब मेस्सीले राष्ट्रका लागि आफ्नो नेतृत्वमा रहेको टिमलाई उपाधि दिलाउन सफल हुने छन् । अहिलेसम्मको खेल हेर्दा अर्जेन्टिनाभन्दा केही सबल ब्राजिल देखिन्छ । त्यसमाथि ब्राजिल घरेलु मैदानमा खेल्दै छ । घरेलु मैदानमा खेलेको ब्राजिलले अहिलेसम्म कोपा अमेरिकाको उपाधि जित्न सफल भएको छ । ब्राजिल अघिल्लो संस्करणको पनि विजेता टिम हो ।