काठमाडौं – काठमाडौं उपत्यका भित्रै १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् । १४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । जुवा खालबाट १४ लाख नगद सहित ३० थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।