युरोकप फुटबल प्रतियोगिताको चालु संस्करणमा इटाली चम्किएको छ । उपाधी विजेता दावेदार मानिएको स्पेन र इटाली दुवै टिमबीचे भएको अत्यन्त कडा प्रतिस्पर्धात्मक खेलमा पेनाल्टीमा इटालीले स्पेनलाई पछार्दै फाइनलको यात्रा तय गर्यो ।

गए राती भएको खेलमा इटलीले स्पेनलाई ४–२ गोलको अन्तरले पछि पार्दै फाइनल यात्रा तय गरेको हो । अपराजीत दुबै टिमको यो प्रतिस्पर्धालाई फाइनलको संज्ञा दिइएको थियो । पेनाल्टीमा स्पेनी दुई खेलाडीले गोल गर्न चुक्दा स्पेनले सेमिफाइनलबाटै विदा लिनु पर्यो ।
पहिलो हाफमा बराबरी खेलेका दुवै थिमले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन् । स्पेनले राम्रो सुरुवात गरे पनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।खेलको ६० औं मिनेटमा इटालीका लागि फेडेरिको चिएसाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ८० औं मिनेटमा स्पेनको वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मोराटाले बराबरी गोल फर्काए थिए ।
लण्डनस्थित वेम्वली स्टेडियममा नेपाली समय अनुसार राती पौने एक बजे भएको खेलको निर्धारित ९० मिनेट कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको खेलमा दुवै टिमले १–१ गोल गरेपछि बराबरीमा रोकिन पुग्दा खेलको छिनोफानो गर्न पेनाल्टी सुटआउटमा पुग्योे ।

इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाएका थिए । तर त्यसको फाइदा स्पेनले लिन सकेन । स्पेनका डानी ओल्मोको प्रहार पोष्टबाट बाहिर गयो । त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गरे । निर्धारित समयमा गोल गरेका अल्भारो मोराटाको पेनाल्टी प्रहार भने इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले बचाए । क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमै हराएको स्पेन इटलीविरुद्ध भने त्यही प्रदर्शन दोहो¥याउन नसक्दा फाइनलमा जानबाट रोकियो ।

सन् २०१२ पछि इटली पहिलो पटक युरोकपको फाइनल पुगेको हो । त्यो बेला इटली स्पेनसँग फाइनलमा पराजित भएको थियो । यस युरोकपमा खेलेको ६ वटै खेल जितेको इटलीले अपराजित यात्रालाई ३३ खेलसम्म पु¥याएको छ । विश्वकप र युरोकपमा गरेर स्पेन पहिलो पटक सेमिफाइनलमा हारेको हो । जर्मनीसँगै सर्वाधिक ३ पटकको युरोकप विजेता स्पेनको चौथो पटक उपाधि जित्ने लक्ष्य यस पटक पूरा नहुने भएको छ । इटलीले अब उपाधिका लागि फाइनलमा इंग्ल्याण्ड र डेनमार्कबीचको हुने सेमिफानलको विजेतासँग खेल्नेछ ।