काठमाडौं – नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो । निगमले दुई हप्ता पनि नवित्दै पेट्रोलियम पदार्थको मूल्य छ । निगमले गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य एक सय २९ रुपैयाँ पु¥याएको छ । त्यसैगरी डिजेल र मटितेलको मूल्यमा पनि दुई रुपैयाँ बृद्धिगरी एक सय १२ रुपैयाँ पुगेको छ ।

यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पु¥याएको छ । यो पटक खाना पकाउने ग्यासको मूल्य पनि बृद्धि गरेको छ । ग्यासको प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ निर्धारण गरेको छ ।

देश कोरोना भाइरस सङ्क्रमणको महामारी र बाढी पहिरोको चपेटामा परिरहेको बेला सरकारले हरेक दुई, दुई हप्तामा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दै जनताको ढाड सेक्ने काम गर्दै आएको छ । महामारी र विपत्तीबाट आक्रान्त र्भैरहेको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिको प्रभाव हरेका क्षेत्रमा पर्नेछ । यसले सबै कुराको मूल्य बढ्न गै जनताले महङ्गीको मारमा पर्दै आएका छन् ।

निगमले कहिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै मूल्य बृद्धि गर्दै आएको छ भने कहिले भारतमा भन्दा नेपालमा तेलको मूल्य सस्तो भएकोले सीमा क्षेत्रमा तेलको तस्करी हुने गरेको बहाना बनाउँदै जनताको ढाड सेक्ने काम गरेको छ । गत वर्ष कोरोना भाइरस सङ्क्रमणको बेला गरिएको लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बृद्धि गर्दै आएको छ ।

निगमले एक महिनाको बीचमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाइ इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । असार १० गते पनि प्रति लिटर २ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको निगमले हिजो असार २१ गते मङ्गलबार पनि मूल्य बृद्धि गर्दै आगामी दिनमा पनि मूल्य हुन सक्ने बताएको छ ।