काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो ।

हिजो सोमबार बजारमा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८ सय रुपैयाँ पुगेको छ भने चाँदी ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३ सय ३० रुपैयाँ पुगेको छ । यता तेजाबी सुनको मूल्य आज मङ्गलबार प्रतितोला ३ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।