काबुल– तालिवानी विद्रोहीहरुले अफगानिस्तानबाट विदेशी सैनिक तत्काल नहटे राम्रो नहुने चेतावनी दिएको भोलिपल्टै अफगानी सेनाले ज्यान जोगाउन छिमेकी देश ताजकिस्तानमा शरणलिन पुगेका छन् । तालिवानी विद्रोहीहरुले तोकिएको समयमा सबै विदेशी सैनिकले अफगानिस्तान छोड्नै पर्छ भनेका छन् ।

तालिबान बिद्रोहीसँग भएको भिडन्त पछि अफगानिस्तानका एक हजारभन्दा बढी सीमा क्षेत्रमा भएको भिडन्तको क्रममा ज्यान जोगाउन ताजकिस्तान गएको अधिकारीहरुले बताएका छन् । तालिवानी विद्रोहीको आक्रमणबाट आफ्नो ज्यान जोगाउनका लागि बाध्य भएर अफगानी सैनिकहरु आफ्नो देश प्रवेश गरेको सीमा सुरक्षाका लागि खटिएका ताजकिस्तानको सुरक्षा बलले जनाएको छ ।

पछिल्लो समयमा तालिवानी विद्रोहीले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरु बिस्तार गर्दै लगेपछि अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् । विशेष गरी देशको उत्तरी क्षेत्रमा पछिल्ला हप्ताहरुमा तालिबान बिद्रोही बलियो देखिएको छ । अमेरिका, बेलायतसहित नेटो सैनिकहरुले अफगानिस्तान छोड्न थालेसँगै तालिबानको गतिविधि बढ्न थालेको छ । अफगानिस्तानबाट २० वर्षको युद्धपछि अमेरिका तथा नेटो सैनिकको अन्तिम समूह फिर्ता हुने क्रममा छन् । आउँदो सेप्टेम्बर ११ सम्ममा अमेरिकी सैनिक अपगानिस्तानबाट फिर्ताहुने छन् ।

अफगानिस्तानबाट विदेशी सैनिकहरु फिर्ता भएसँगै त्यहाँ पुनः हिंसा भड्किन सक्ने खतारा उत्पन्न भएको भन्दै चासो र चिन्ता व्यक्त हुन थालेका छन् । यसैबीच तालिबानीको आक्रमणबाट ज्यान जोगाउन एक हजारभन्दा बढी अफगानी सैनिकहरु छिमेकी देशको शरणमा पुगेका हुन् । तालिवानीहरुले सबै विदेशी सैनिकले आउँदो सेप्टेम्बरसम्म अफगानिस्तान नछोडेमा गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिंदै आएका छन् ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानले यस्तो चेतावनी आएको हो । काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् । विदेशी सेनाको साथ पाउँदै आएको अफगानी सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको बेला सरकारी सेना ज्यान जोगाउन ताजकिस्तानको शरणमा पुग्दा यो घटनाले अफगानिस्तानमा हिंसाका गतिविधि बढ्न सक्ने देखिएको छ ।