गण्डकी– ट्रेड युनियन काङ्ग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवरको कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन । कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली काङ्ग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी हुनुहुन्थ्यो । –रासस