काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्य हिजोकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५ सय र चाँदी प्रतितोला एक हजार ३ सय २५ नै कायम भएको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र चाँदी एक हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत आइतबारकै कायम हुँदै प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।