मनिला– फिलिपिन्समा आइतबार भएको सेनाको विमान दुर्घटनाहुँदा अहिलेसम्म ४५ जनाले ज्यान गुमाइसकेका छन् । सी–१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा दुर्घटना भएको त्यहाँको सैनिक मुख्यालयले जनाएको छ । उक्त विमानमा अधिकांश सेनाहरु रहेको बताइएको छ । रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिक रहेका छन् । तर जमिनमा रहेका तीन सर्वसाधारणको पनि मृत्यु भएको मन्त्रालयको भनाइ छ ।


दुर्घटना लगतै आगो लागेको उक्त विमानमा ९२ जना सवार रहेको समाचार स्रोतहरुले उल्लेख गरेका छन् । विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटनामा परेको हो । पाँचजना अझै बेपत्ता छन् । घाइतेहरुको स्थानीय सैनिक अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । फिलिपिन्सको सेनाका प्रमुख जनरल सिरिलितो सोबेजानाका अनुसार अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटनामा परेको हो । दुर्घटनामा परे लगत्तै विमानमा आगलागी भएको थियो । सी–१३० हर्कुलस विमानमा सैनिकसँगै पाँचवटा सैनिक सवारी साधन पनि थिए । जलिरहेको विमानबाट ४० जनालाई घाइते अवस्थामै उद्धार गरी अस्पतार पुर्याइएको थियो ।


एएफपीले जनाए अनुसार विमानमा सवार थुपै्र यात्रुहरु हाल सैन्य प्रशिक्षणमा स्नातकको डिग्री लिएका उनीहरुलाई मुस्लिम बहुल अशान्त क्षेत्रमा चरमपन्थीहरुसँग लड्न एक टास्क फोर्सको रुपमा तैनाथका लागि लगिंदै थियो ।