काठमाडौं – प्रदेश सरकारका एक मन्त्रीले सदनमा दिएको अभिव्यक्तिका कारण प्रदेश नम्बर–१ को बजेट अधिवेशन लगातार प्रभावित बनेको छ । भौतिक पूर्वाधार मन्त्री अम्मिरबाबु गुरुङले सदन समक्ष माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रले आज आइतबार पनि प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

प्रदेशसभाको आज आइतबार बसेको बजेट अधिवेशनको १६ बैठकको कारवाही शुरु हुनासाथ माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक भोलि सम्मका लागि बैठक स्थगित गरिएको छ । माओवादी केन्द्रले पछिल्ला चारवटा बैठक अवरुद्ध गरेका कारण चल्न सकेको छैन । उपसभामुख सरस्वती पोखरेलले माओवादी केन्द्रका संसदलाई आशन लिन आग्रह गरेता पनि विरोधलाई जारी राखेपछि बैठक स्थगित भएको बताउनुभयो । नेकपा माओवादी केन्द्रले मुख्यगरी प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री गुरुङ सदनमा अमर्यादित ढङ्गले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएकोले माफी माग्नुपर्ने माग अगाडि सारेको छ ।

माओवादी सांसदले मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माओवादीको माग छ । सदनमा मन्त्रालय गत बजेट विनियोजन र कार्यक्रमको विषयमा छलफल चलिरहेको छ । सत्तापक्ष सदन खुलाउन उदासिन प्रदेशसभाको जारी आठौं तथा बजेट अधिवेशनको १३ औं बैठकदेखि नेकपा माओवादी केन्द्रले लगातार सदनमा अवरोध गर्दै आएको छ । तर पनि सत्ता पक्ष अर्थात सरकारले जारी अवरोधलाई वार्ताको माध्यमबाट खुलाउने प्रयास नहुदा प्रदेश नम्बर–१ को बजेट अधिवेशन लगातार प्रभावित बनेको छ ।

सदन सञ्चालन गर्ने विषयमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले पहल गरेपनि मुख्यमन्त्री शेरधन राई तथा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सदन सञ्चालनका लागि सहजीकरण नगर्दा सहमति बन्न नसकेको बताइएको छ । माओवादी केन्द्रले मुख्यगरी प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएकोले माफी माग्नुपर्ने माग अगाडि सारेको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको बजेटको नेकपा एमालेकै सांसदहरुको चर्को विवाद भएपछि बजेट संशोधन गर्न कार्यदल बनाएको अर्को विषयमा पनि माओवादी केन्द्रले असहमति राख्दै सदनमा सरकारको जवाफ मागेको छ । त्यस विषयमा पनि सरकारले सदनलाई जानकारी गराउन नचाहेका कारण समस्या समाधानतर्फ नगएको हो ।

सहमति नभएका कारण आइतबार पनि सदनको काम कारवाही अघि बढन सकेन । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र मुख्यमन्त्री शेरधन राईबीच हिजो काठमाडौं सामान्य कुराकानी भएपनि समस्या समाधान गर्ने तर्फ मुख्यमन्त्री राईले निकासका लागि साखै पहल कदमी नलिँदा समस्या जस्ताको तेस्तै रहेको आङ्बोले बताउनुभयो ।

सदनलाई सुचारु गराउने विषयमा मुख्यमन्त्रीले त्यतिखेरै चासो नदिएको र भौतिक पूर्वाधार विकास मन्त्री गुरुङ पनि माफी माग्न तयार नभएका कारण तत्काल समस्या समाधान हुने सम्भावना कम रहेको उहाँको भनाई छ । उहाँले सरकार स्वयं सदन सञ्चालनको सहज वातावरण बनाउन इच्छुक भएजस्तो नलागेको उहाँले बताए । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभालाई सुचारु गराउने विषयमा सरकारले पहल गरिरहेको दाबी गर्नुभयो ।

उहाँले सरकार सदनलाई सहज रुपमा अगाडि बढाउने र अवरोध खोल्ने विषयमा वार्ता र छलफलमै रहेको बताउनुभयो । मन्त्री कार्कीले केही दिनमा नै समस्या हल हुनेमा आफुहरु आशावादी रहेको बताउनुभयो ।