मनिला – फिलिपिन्समा सैनिक विमान दुर्घटनामा परेको छ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा भएको दुर्घटनाग्रस्त विमानमा ८५ जना सेनाहरु सबार रहेको त्यहाँका सेना प्रमुख सिरिलिटो सोबेजनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार ‘सी १३०’ विमान दक्षिणी फिलिपिन्सको सुलु प्रान्तको जोलो द्वीप नजिकै दुर्घटना भएको हो । विमानमा सबार भएका मध्ये ४० जनालाई जीवितै उद्धार गरिएको र उनीहरुको उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।
उक्त दुर्घटनास्थल पटिकुलबाट १७ जनालाई निकालिएको छ । उक्त सैनिक विमानले मिनडनाओ द्वीपस्थित केगन डे आरोबाट सैन्य टुकडी लिएर प्रस्थान गरेको समाचारमा उल्लेख छ । स्थानीय समयानुसार करिब साढे ११ बजे विमानले उड्नका लागि रन वे छोड्ने क्रममा उक्त दुर्घटना भएको बताइएको छ । विस्तृत विवरण भने आउन बाँकी छ ।