काठमाडौं – गतहप्तादेखि निरन्तर उकालो लागेको पहेंलो धातु सुनको मूल्य उकालो चढ्नेक्रम जारी छ । आज आइतबार छापावाल सुन प्रतितोलामा दुई सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैंयाँ पुगेको छ र त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोलामा पाँच सय रुपैयाँले बृद्धिभएको थियो । उक्त दिन छापावाल सुन ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी सेतो धातु चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय २५ रुपैयाँ पुगेको छ । अस्ति शुक्रबारस्थिर रहेको चाँदी प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।