काठमाडौं –काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि सकिंदै छ । यसैबीच निषेधाज्ञालाई परिमार्जन गर्दै उपत्यकाको दैनिक जन जीवनलाई अझै केही हसजीकरण गर्ने गरी पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भैरहेको छ । आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । अघिल्लो साता बसेको उक्त बैठकले पसलहरु ६ बजेसम्म खुला गर्न दिनुको साथै २५ सिटका ठूला सवारी साधनहरु जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
साना र लामो दुरीका भाडाका सवारी साधनहरु सञ्चालन गर्न यातायात व्यवसायीहरुको मागलाई सम्बोधन गर्न आज बस्ने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा माइक्रो बस र टेम्पो सञ्चालन गर्न दिने निर्णय गरिंदैछ

देशव्यापी रुपमा फैलिएको कोरोना महामारीको इपी सेन्टर बनेका काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न गत बैैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । असार महिना लागेपछि सङ्क्रमणको दरमा केही कमी देखिएसँगै उपत्यका लगायत देशका सबै जिल्लाहरुमा निषेधाज्ञालाई खुकुलो बनाउँदै गलिएको छ । तर स्वास्थ्यकर्मीहरुले भने तेस्रो लहरको चेतावनी दिंदै आएका छन् ।