ब्राजिल– ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल प्रतियोगिताको अन्तिम चारमा अर्जेन्टिनाले आफ्नो स्थान पक्का गरेको छ । नेपाली समय अनुसार बिशान पौने सात बजे सुरुभएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० को सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
दुवै टिमबीच निकै प्रतिस्पधात्मक उक्त खेलको पहिलो हाफमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीको पासमा आर. डे पावलले ३९ औं मिनेटमा गोल गर्दै गोलको खाता खोलेका थिए । पहिलो हाफमा पछि परेको इक्वेडरले दोस्रो हाफमा केही सुधारीएको खेल खेल्दै गोलका अवसरहरु निकाले पनि एक गोल पनि गर्न सकेन । उत्तराद्र्धको ८४ औं मिनेटमा अर्जेन्टिनाले गोल दोब्बर पार्दै सेमिफानल यात्रा सुनिश्चित गर्न अग्रसर देखियो । खेलको इन्जुरी समयको ९२ औं मिनेटमा इक्वेडरका खेलाडीले अर्जेन्टिनी खेलाडी डिमारियालाई पेनाल्टी क्षेत्रमा फल गरेर पछि पाएको फ्रिकलाई सदुपयोग गर्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सुन्दर तरिकाले बल प्रहार गर्दै जाली चुमाउँदा इक्वेडर ३–० को फराकिलो अन्तरले पराजय भोग्न बाध्य भयो ।
अब अजेन्टिनाले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने छ भने सेमिफाइनलको पहिलो खेलमा भोलि सोमबार ब्राजिल र पेरुबीच भिडन्त हुनेछ ।