युरोकप फुलबल प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेल जितेर डेनमार्क सेमिफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार शनिबार पौने दश बजे भएको खेलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ गोलले पराजित गर्दै २९ वर्ष पछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । डेनमार्कको जितमा थोमस डिलानी र केसपर डोलबर्गले एक एक गोलको साझेदारी गरेका थिए । प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा चेक गणतन्त्रका लागि प्याट्रिक सिकले १ गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि फर्कन सकेन ।

डेनमार्कका लागि डोलबर्गले ४२ औँ मिनेटमा गोल गरेर आफ्नो टिमको लागि खाता खोलेका थिए भने सिकले ४९ औं मिनेटमा गोल थप्दै चेकलाई २–० गोलले पछि पारेका थिए । डेनमार्क सन् १९९२ पछि पहिलोपटक युरो कपको सेमिफाइनलमा पुगेको हो ।

युरोकपको चालु संस्करणमा डेनमार्कका खेलाडी डिलानीले गरेको गोल सङ्ख्या ५ पुगेको छ । यो प्रतियोगिताबाट बाहिरिएको पोचुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि ५ गोल गरेका थिएका थिए । यो संस्करणमा डिलानी र रोनाल्डोको गोल सङ्ख्या बराबरी रहेको छ । डिलानीले सेमिफाइनलमा गोल गर्न सके रोनाल्डोलाई उछिन्ने छन् ।