ब्राजिल– कोपा अमेरिका फुटबल अन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको सङ्घर्षपूर्ण खेलमा ब्राजिलले चिलीलाई १–० गोलले पछि पार्दै सेमिफाइलनमा पुगेको छ ।

खेलको पहिलो हाफको अन्तिम समयमा ब्राजिलका लागि लुकास पाक्वेताले ४६ औँ मिनेटमा बढो चलाखिपूर्ण रुपले सुन्दर गोल गरे । अन्ततः ब्राजिलको लागि त्यही गोल विजयको लागि पर्याप्त बन्यो । खेलको ४८ औं मिनेटमा चिलीका खेलाडी माथि फल गरेको भन्दै रेफ्रीले ब्राजिलका गाब्रियल जिससलाई सिधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित रहन पुगेको थियो । तर चिलीले त्यसको फाइदा उठायन नसक्दा सेमिफाइनलमा पुग्ने उसको सपनामा ठेस लाग्यो । ब्राजिललाई केही हदसम्म भाव्यले पनि साथ दियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा चिलीले ब्राजिललाई दवावमा राखे पनि गोलगर्न भने सकेन । जस्ले गर्दा ब्राजिल सेमिफाइनलमा पुग्न योग्य सावित भयो । जारी प्रतिस्पर्धामा अन्तिम चारमा पुग्ने ब्राजिल दोस्रो टिम हो । यसअघि शनिबार बिहानै भएको अर्को खेलमा पेनाल्टी सुटआउटमा पेरुले पाराग्वेलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो । आयोजक ब्राजिलले अन्तिम चारको यात्रा तय गरेको हो । आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र उरुग्वे भिड्ने छन् भने इक्वेडरले लियोनल मेस्सीले नेतृत्व गरेको अर्जेन्टिनासँग भिड्ने छ ।