युरोकप अन्तर्गत आज सुरुभएको पहिलो क्वाटरफाइनलको खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको छ । नेपाली समय अनुसार आज शुक्रबार राती पौने दश बजे सुरु भएको खेलमा स्पेनले सुरुभएको ८ मिनेटमै गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ६८ औं मिनेटमा स्वीडेनले गोल गर्दै खेलमा फर्कियो । दुवै टिमले गोल गर्ने अवसर सिर्जना गरेता पनि स्पेनले गरेको एक गोलबाहेक अर्को गोल हुन सकेको छैन ।
स्वीडेनले गोल गर्ने राम्रा अवसरको सदुपयोग गर्न नसक्दा पहिलो हाफसम्म एक गोलले पछि परेको छ । पहिलो हाफ सकिंदासम्म स्पेन १–१ गोलले अगाडि छ । खेलको ७६ औं मिनेटमा स्वीजरल्याण्ड १० खेलाडीमा सिमित भयो । ९० मिनेटको समयसम्म दुवै टिमले थप गोल गर्न नसक्दा अतिरिक्त समय थप भयो । तर दुवै टिम पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल पेनाल्टी सुट आउटमा पुग्यो । स्वीजरल्याण्डले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा स्पेनले बाजी मार्दै युरोकपको सेमिफाइलमा स्थान पक्का गर्न सफल भयो ।