युरोकप अन्तर्गत आजबाट क्वाटरफाइनलको खेल सुरु भएको छ । नेपाली समय अनुसार आज शुक्रबार राती पौने दश बजे स्पेन र स्वीडेनबीच खेल भैरहेको छ । खेल सुरुभएको ८ मिनेटमै स्पेनले सुरुवाती अग्रता लिएको छ । निकै प्रतिस्पर्धात्मक अहिले भैरहेको खेलमा दुवै टिमले गोल गर्ने अवसर सिर्जना गरेता पनि स्पेनले गरेको एक गोलबाहेक अर्को गोल हुन सकेको छैन । स्वीडेनले गोल गर्ने राम्रा अवसरको सदुपयोग गर्न नसक्दा पहिलो हाफसम्म एक गोलले पछि परेको छ । पहिलो हाफ सकिंदासम्म स्पेन १–० गोलले अगाडि छ ।