काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ३ सय ९१ जनामा र एन्टिजेन विधिबाट ९ सय ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७ सय ५५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप ३ हजार ४ सय ५१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार ३ सय ३६ जना होम आइसोलेसन, २ हजार ९ सय ३८ जना संस्थागत आइसोलेसन, ६ सय ३२ जना आइसीयू र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार १ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।