काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्य थप ५ सय रुपैयाँले वृद्धि भएको छ । साताको अन्तिम दिन आज सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको हो ।

हिजो बिहीबार प्रतितोला ६ सय रुपैयाँले वृद्धि हुँदै नेपाल सुनचाँदी बजारमा सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५ सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ८ सय रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य भने हिजो बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३ सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।