धादिङ् – त्रिशूली नदीमा माछा मार्न गएका एक जना आज बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका महेन्द्रले जानकारी दिएको छ ।

दुई दिनदेखिको वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि त्रिशूली नदीमा बाढी आएको हो । हराएका बिसुरालको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै त्रिशूली नदीमा तीन जना बेपत्ता भइसकेका छन् ।