काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । साताको दोस्रो र तेस्रो दिन क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्य आज बिहीबार ८ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी नेपाली बजारमा चाँदीको मूल्य समेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।