विश्व विख्यात अर्जेन्टिनी फुटबलका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त भएको हो । अब उनी बार्सिलोनामा रहने नरहने टुङ्गो लागेको छैन । स्पेनी फुटबल क्लब बार्सिलोनाको पर्याय बनेका मेस्सीको सम्झौता समाप्त भएपछि उनी स्वतन्त्र भएका छन् । गत वर्ष क्लबका अध्यक्ष र प्रशिक्षक प्रति तिब्र असन्तुष्टि जनाउँदै बार्सिलोना छोड्न चाहेका मेस्सीले सम्झौतामा उल्लेखित कडा शर्तका कारण उक्त क्लब छाड्न नपाउँदा सोही क्लबबाट खेलमा सामेल हुँदै आएका थिए । विश्व फुटबल जगतमा मेस्सीको चर्चा अहिले पनि उत्तिकै छ । अजेन्टिनी स्टार मेस्सीका फ्यानहरु विश्वभर छन् । उनको फुटबल खेल्ने शैलीप्रति विश्वका फुटबल प्रेमीहरुले मेस्सीलाई निकै मन पराउँने गर्दछन् । नेपालमा पनि मेस्सीको खेल्ने शैलीलाई मन पराउने ठूलो सङ्ख्या छ ।

महिनौँदेखि चलेका विभिन्न हल्ला तथा अनुमानका बाबजुद बार्सिलोनासँग उनले सम्झौता लम्ब्याएनन् । बार्सिलोना भनेकै मेस्सी र मेस्सी भनेकै बार्सिलोना हो भन्ने छाप स्थापित गर्न सफल फुटबल स्टार मेस्सीलाई स्पेनी क्लब बार्सिलोना अझै पनि सोही क्लबमा अनुबन्धन गराउन चाहेको छ । बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौताका लागि छलफल जारी रहेको विश्वास गरिन्छ । बार्सिलोना क्लबको व्यवस्थापनप्रति गत वर्ष तिब्र असन्तुष्टि व्यक्त गरेका मेस्सीले अझै पनि बार्सिलोनामै रहने निर्णय भने गर्न सक्ने अनुमान गरिएका छन् ।

मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि त्यति नै उत्साहित थिए गत वर्ष । सम्भवत यस पटक पनि यो मेस्सीलाई आफ्नो क्बलमा भित्र्याउन यी क्लबहरुले केही पहल गर्न सक्नेछन् । अब कुनै पनि क्लबले मेस्सीलाई आफ्नो क्लबमा अनुबन्धन गर्न चाहने बार्सिलोनालाई कुनै पनि शुल्क तिर्नु पर्ने छैन । मेस्सी पनि बार्सिलोनाले आफ्नो मागलाई पूरा गरेमा सोही क्लबमा बस्न सक्ने सम्भावन पनि त्यतिकै छ । मेस्सी र बार्सिलोना बीच नयाँ सम्झौताको बारेमा छलफल भैरहेको र आगामी दुई वर्षका लागि क्लबले अनुबन्धन गर्न सक्ने बताइएको छ । मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउन चाहनेहरुले अब छिट्टै पहल गर्न सक्नेछन् ।