सिमकोट– हिमाली जिल्ला हुम्लामा कार्यरत सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपाल, सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक तीनदिने उक्त शिविर जिल्लामा आयोजना गरेको हो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको सैद्धान्तिक ज्ञान र नीति–नियमको कमी भएका बेला जिल्लाका सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सञ्चालन गरिएको बताउनुभयो ।

दुर्गममा कार्यरत सञ्चारकर्मीलाई क्षमता विकास कार्यक्रमअन्तर्गत सो कार्यक्रम हुम्ला सञ्चालन गरिएको हो । शिविरमा आधारभूत पत्रकारिताको ज्ञान, सीपदेखि पत्रकार आचारसंहिता, मिडिया कोषले उपलब्ध गराउने सुविधाबारे जानकारी गरिएको थियो। कार्यक्रममा न्यूनतम पारिश्रमिकबारे पनि जानकारी गरिएको थियो । त्यसैगरी, सूचना विभागद्वारा जारी हुने प्रक्रियाबारे पनि जानकारी गरिएको छ ।

यसका लागि काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, काउन्सिल सदस्य दीपक पाण्डे, सूचना विभागमा निर्देशक भरत गौतम लगाएको टोली आएका छन् । तीन दिनसम्म सञ्चालन हुने शिविरमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको सहभागिता छ । शिविरमा हुम्ला जिल्लामा कार्यरत ३१ जना पत्रकार सहभागी थिए ।