मकवानपुर– बागमती प्रदेशसभा बैठक बस्नुअघि बैठकमा सहभागी हुनेहरुको कोरोना परिक्षण गरिएको छ । बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यसहित, प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक, पत्रकारहरू सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो ।

सभामुख, उपभामुख तथा मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभाका सदस्यहरुको कोभिड एन्टिजेन परीक्षण गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट प्राप्त भएकाहरु मात्र बैठकमा सहभागि हुने अनुमती दिइनेछ ।

आजको प्रदेशसभा बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता अमात्यका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक भएपछि मुख्यमन्त्री डोरमणि पौडेलद्वारा धन्यवाद ज्ञापन गर्ने र ५ वटा विषयगत समितिहरूको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।