काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्रौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेता पनि रक्षा मन्त्रालय भने आफैंसँग राख्नुभएको छ । मध्यावधि निर्वाचनको घोषणा गर्नुभएका प्रधानमन्त्री ओली कामचलाउ सरकार भएता पनि दुई पटकसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्नु भएको छ । संविधानलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले घोर असंवैधानिक काम गरिरहनु भएको र संविधान र व्यवस्थामाथि नै चुनौती दिंदै आउनु भएको छ । एकहप्ता अघिमात्रै जनता समाजवादी पार्टीलाई आठ मन्त्रालयसहित १० मन्त्री नियुक्त गर्नुभएका प्रधानमन्त्री जसरी पनि सत्तामा टिकिरहन जुनसुकै हर्कत अपनाउन तत्पर हुनुहुन्छ भन्ने मन्त्रिपरिषद् विस्तार पछिल्लो उदाहरण हो । नैतिकता विहिन अवस्थामा पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक छविलाई नै श्रृङ्खलावद्ध रुपमा कलङ्कको टिका लगाउँदै आइरहनु भएको छ ।