काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी महासङ्घका अनुसार आज तेजाबी सुन तोलामा ३ सय रुपैयाँले घट्दै ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यता चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।