काठमाडौं – कोरोना महामारीबीच पनि प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जनालाई ललितपुरबाट पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई पक्राउ गरेको थियो । पछि थप ३ जना पक्राउ परेका हुन् । उनीहरुको बयानका बालकुमारी र ग्वार्को क्षेत्रबाट थप ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा शक्तिलाल साहु, राजकुमार शाह र रुपेश बादिकार रहेका छन् । इन्सपेक्टर हरी ओली नेतृत्वको टोलीले आरोपीहरुको साथबाट ५९ एम्पुल डाइजेल्याव, ६२ एम्पुल नुफ्रिन र ५९ एम्पुल फेनारगन बरामद गरेको छ । आरोपीहरुमाथी प्रहरीले लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।