काठमाडौं– पोर्चुगलले युरोकप फुटबलको तयारीको क्रममा खेलेको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गए राति भएको खेलमा इजरायलमाथि ४–० को सहज जित निकालेको हो ।

पहिलो हाफमा दुई गोलले पछि परेको इजरायली टिम पोर्चुगलका सामु दोस्रो हाफमा पनि निरिह देखियो । पोर्चुगलको दोस्रो हाफमा पनि दुई गोल गर्दै इजरायलमाथि ४–० को जित निकालेको हो । पोर्चुगलका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा क्रिष्टियानो रोनाल्डो र क्यानसेलेले एक–एक गोल गरे । खेलको ४२ औं मिनेटमा फेर्नान्डेसले गोल गरी आफ्नो टिमको लागि गोलको खाता खोलेका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै ४४ औं मिनेटमा रोनाल्डोले अग्रतालाई दोब्बर पारे । त्यसैगरी क्यानसेलोले ८६ औं मिनेटमा गोल गरे भने फेर्नान्डेसले इन्जुरी समयको पहिलो अर्थात् ९१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलले ४–० को जित दर्ता गर्न सफल भएको हो ।

फेर्नान्डेसले ४४ औं मिनेटको गोलका लागि रोनाल्डोलाई सहयोग पनि गरेका हुन् । पोर्चुगलले युरोकप –२०२० अन्तर्गत आउँदो मङ्लबार हंगेरीसँग आफ्नो पहिलो खेल खेल्दैछ ।