ग्रीसकी मारिया सकारी फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले साबिक विजेता इगा स्वीतेकलाई ६–४ र ६–४ सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी छन् । अब मारियाले सेमिफाइनलमा चेक गणतन्त्रकी बार्बोरा क्रेज्सिकोभासँग प्रतिस्पर्धा गर्ने छिन् ।
मारियाले बार्बोरालाई हराउन सके फ्रेन्च ओपन महिला टेनिसको फाइनल यात्रा पक्का गर्ने छिन् । चेक सुन्दरी बार्बोराले अमेरिकी किशोरी कोको गोफलाई ७–६ (८–६) र ६–३ को सेटमा पराजित गरेकी हुन् ।