कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली काङ्ग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहो¥याए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उहाँले आज विहीबार प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

उहाँसँग बहुमत देखिएको छैन । तर राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि विपक्षीको पनि बहुमत नपुग्ने देखिएको थियो । त्यसले विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गर्ने गुरुङको तयारी थियो । तर विश्वासको मत दिने अघिल्लो साँझ बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङे अनुस्थित रहनुभयो । उहाँ विपक्षी गठबन्धनतिर लागेको पाइएको छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताउनु भएको छ ।

सरकार जोगाउनकै लागि मुख्यमन्त्रीले आफूलाई मन्त्री बनाएको, तर सरकार ढल्नेमात्रै होइन, प्रदेशसभा नै विघटन हुने अवस्था आएपछि आफूले साथ छोड्ने निर्णय गरेको मनाङेले बताउनुभएको छ । खेलकुद मन्त्री मनाङे जसले सांसद संख्या ३१ पु¥याएर आउँछ, उसलाई आफूले साथ दिने बताउनुहुन्छ । हिजो साँझ क्याबिनेट मिटिङ पनि थियो । म आउँदिन, अब मलाई मतलब छैन भनेर गइनँ,’ मनाङले भन्नुभयो, ‘प्रदेशसभा विघटनको कुरा लिएर आउँछ भने म मरे पनि जान्नँ भनेर निस्किएको हुँ ।’

उहाँले संसद जोगाउन चाहिने ३१ मत पु¥याउने जिम्मा आफ्नो भएको दाबी समेत गर्नुभएको छ । ‘जसले ३० सांसदको हस्ताक्षर लिएर आउँछ, उसैलाई सहयोग गर्छु तर संसद विघटनको पक्षमा जान्नँ,’ खेलकुद मन्त्री मनाङेले भन्नुभयो, ‘संसद जोगियो भने जो पनि मन्त्री हुन सक्छ, तर संसदै नरहे के मन्त्री बन्नू ?’ सरकारले विश्वासको मत जित्छ भनेर आफूलाई मन्त्री बनाएको तर, अहिले सरकार विघटनतिरै लागेकाले साथ दिन नसकेको मनाङेले बताउनुभयो । ‘अहिले चुनावी सरकारमा जाऔं भन्छन्, त्यसरी त संसद र ६० जना सांसद सक्यो नि । ५ जनामा म एक जना थपिएर ६ जनामात्रै मन्त्री भएर हुन्छ ? अरु सांसद के गर्ने ?’