काठमाडौं – बाल साहित्य एवं चित्रकलामा ख्याति प्राप्त संस्कृतिविद् एवं कलाकार एकाराम सिंहको ५३ वर्षको उमेरमा हिजो सोमबार निधन भएको हो । उहाँ कपनस्थित करूणा अस्पतालको आइसियु कक्षमा उपचाररत हुनुहुन्थ्यो ।
 काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पार्नु भएको उहाँले राणा प्रधानमन्त्री एवं राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोर्नु भएको छ । उहाँले लिच्छविकालदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतार्नु भएको छ ।