लण्डन– क्यानडाको अनतारिओ प्रान्तमा आक्रमण हुँदा मुस्लिम परिवारका सदस्यको मृत्यु भएको छ । अनतारिओ प्रान्तको लण्डन शहरमा योजनावद्ध रुपमा सवारी साधन (ट्रक) मा गरिएको आक्रमणमा मुस्लिम परिवारका चार सदस्याको हत्या भएको हो । हत्या गरिनेमा ७४ र ४४ वर्षकी दुई महिला, ४६ वर्षका एक पुरुष तथा १५ वर्षकी एक किशोरी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

परिवारका पाँच सदस्य मध्ये ९ वर्षका बालक मात्रै जीवित रहेता पनि उनको स्वास्थ्य अवस्था पनि गम्भीर भएकोले उपचार भैरहको छ समाचारमा जनाइको छ । २० वर्षीय क्यानडियन एक युवकलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा दायर भएको छ ।

क्यानडामा मुस्लिममाथि भएको यो सन् २०१७ यताकै ठूलो आक्रमण हो । सन् २०१७ मा क्यूवेक शहरको मस्जितमा भएको आक्रमण परी ६ जनाले ज्यान गुमाएका थिए ।
आइतबार भएको आक्रमणमा मारिएकाहरुलाई मुस्लिम भएकै कारण निशाना बनाइएको हुन सक्ने देखिएको डिटेक्टिभले सोमबार पत्रकार सम्मेलनमा बताएका छन् । प्रहरीले यसलाई हेट क्राइम (घृणाका कारण सिर्जत अपराध) का रुपमा लिइएकोे छ ।