दिल्ली– कोरोना भाइरसको महामारीमा लपेटिएको छिमेकी देश भारतमा पछिल्लो समय सङ्क्रमित हुनेको सङख्या निरन्तर ओह्रालो लागेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा केही धेरै मात्रै नयाँ सङ्क्रमित थपिएको उक्त मन्त्रालयले जनाएको छ । भारतमा हिजो आइतबार कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या एक लाख ६ सय ३६ मात्र रहेको छ ।

त्यसैगरी उक्त सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन थालेको छ भन्दै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार ४ सय २७ जनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड ८९ लाखभन्दा धेरै रहेको र हालसम्म तीन लाख ४९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म २३ करोड २७ लाख भन्दा धेरै जनताले कोरोना भाइरसविरुद्धको खोपको एकमात्रा लगाइसकको केन्द्रीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।